समाज

करेन्ट लागेर डाक्नेश्वरीमा एक ९ वर्षीय बालकको मृत्यु

कञ्चनरुप (सप्तरी) , १६ भदौ । करेन्ट लागेर सप्तरीमा एक ९ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका १० रंजितपुरका पवन यादको ९ वर्षीय छोरा अर्जुन यादव रहेका छन् ।
मंगलवार राति गोठमा खेल्ने क्रममा विद्युतीय नांगो तारमा करेन्ट लाग्दा सिकिस्त घाइते भएका बालकलाई उपचारका लागि कल्याणपुरतर्फ लाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page