काठमाडौं । नेपालमा आज थप १ हजार २ सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७४ हजार ५८७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८ सय ९८ पीसीआर परीक्षणमा १०५८ र ३०४६ एन्टिजेन परीक्षणमा २१३ जना गरी १२७१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १ हजार ८ सय ४५ जना संक्रमणमुक्त भएका छन् । यो सँगै ७ लाख ३५ हजार ६ जना संक्रमणमुक्त भएका छन् ।
आज कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९०३ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ६ सय ७८ जना रहेका छन् ।
















Add Comment