समाज

सप्तरीमा पोखरीमा डुबेर २५ वर्षीय युवकको मृत्यु

साँकेतिक तस्बिर
साँकेतिक तस्बिर

कञ्चनरुप , २५ भदौ । सप्तरीमा पोखरीमा डुबेर बिहीबार साँझ २५ वर्षीय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्वर ३ कचन्दाहाका २५ वर्षीय कृष्ण मण्डल रहेका छन ।
घर नजिकैको सार्वजनिक पोखरीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक छारे रोगको बिरामी रहको बुझिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page