स्वास्थ्य

१ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि , १ हजार २ सय २० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१६ हजार ८ सय ४४ नमूना परीक्षण गर्दा १ हजार ७ सय ६० जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार २ सय २० जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या २६ हजार ३ सय ३ जना रहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page