स्वास्थ्य

थप १ हजार ५ सय ११ जनामा कोरोना संक्रमण , मृत्यु हुनेको सङ्ख्या ११ हजार नाघ्यो

काठमाडौँ । आज नेपालमा थप १ हजार ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार २ सय ८ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा १ हजार १ सय ६५ जना तथा ३ हजार ९ सय ७१ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ४६ जना गरी जम्मा १ हजार ५ सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।
आज कोरोना सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार २ पुगेको मन्त्रालयले जनाएको छ ।
आज १ हजार ६ सय ८९ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
यस्तै देशभर जम्मा २५ हजार ७ सय ७२ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page