समाज

पोखरीमा डुबेर रौतहटमा दुई बालिकाको मृत्यु

साँकेतिक तस्बिर
साँकेतिक तस्बिर

रौतहट । पोखरीमा डुबेर रौतहटमा दुई बालिकाको मृत्यु भएको छ ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ६ बस्ने रामकलेश महतोकी १० वर्षीया छोरी निशु कुश्वाहा र वृन्दाबन नगरपालिका २ बस्ने जंग बहादुर पटेलकी १४ वर्षीया छोरी मुस्कान कुमारीको बिहीबार दिउँसो पोखरीमा डुबेर मृत्यु भएको हो ।
रौतहट प्रहरीले दिएको जानकारी अनुसार जिल्लाको देवाही गोनाही नगरपालिक ७ स्थित जगरनाथ राय यादवको निर्माणाधिन पोखरीमा घोघी टिप्ने क्रममा दुवै बालिकाको डुबेर मृत्यु भएको जानकारी दिए ।
शव पोस्टमार्टमको लागि गौर अस्पताल लगिएको र बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page