स्वास्थ्य

आज थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि , १६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ४० नमुनाको पिसिआर परीक्षण गर्दा ८ सय ३५ जना तथा २ हजार ८ सय १८ नमुनाको एन्टिजेन परीक्षण गर्दा २ सय ३१ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी आज थप १ हजार २ सय ३४ जना संक्रमित निको भएका छन् ।
आज थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या ११ हजार २८ पुगेको छ ।
देशभर २५ हजार ८२ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page