स्वास्थ्य

छिन्नमस्ता अस्पतालमा दैनिक १०० सिलिण्डरसम्म भर्नसकिने क्षमता भएको अक्सिजन प्लान्ट आइपुग्यो

नविन यादव /
राजविराज , २ असोज ।
सप्तरीको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा आज अक्सिजन प्लान्ट आइपुगेको छ । आम जन्ताको आशा र विश्वास संगै राजविराजको छिन्नमस्ता अस्पतालमा स्थापनाका लागि आवश्यक सामग्री राजविराज आइपुगेको हो ।
सप्तरीको मुटुमा रहेको छिन्नमस्ता अस्पतालमा शनिबार बिहान ५ बजे अक्सिजन प्लान्ट आउने बित्तिकै स्रोत साधन प्रयोग गरेर अस्पतालमा सुरक्षित तरिकाले राखिएको छ। अक्सिजन प्लान्ट आउनु सप्तरी बासीहरूकालाई खुशीको कुरा रहेको स्थानियहरू बताउँछन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उक्त सामग्री अस्तालमा ल्याइएको अस्पतालका संयोजक दिपेन्द्र यादवले जानकारी दिए । दैनिक १०० सिलिण्डरसम्म भर्नसकिने क्षमता भएको अक्सिजन प्लान्ट अस्पतालले चाडै स्थापना गर्न लागेको यादवले बताए ।
आईतबारदेखि प्लान्ट स्थापना गर्ने ठाउँ सुरक्षित गरि १५ दिन भित्रमा सेवा सुविधा दिने यादवले बताए ।
स्थापना भएपछि चाहिने आवश्यक अस्पतालहरूमा समेत अक्सिजन सेवा सुविधा दिने अस्पतालका निर्देशक वरिष्ठ ईन्जिनियर शलैन्द्र मोहन झाले बताएका छन ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page