राष्ट्रिय

संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा, ८ जनाले पाए सजाय माफी

काठमाडौं । संविधान दिवसको अवसरमा विभिन्न कसुरमा कैद सजाय भोगिरहेका ५ सय ३१ जनाको सजाय मिनाह भएको छ।
असोज ३ गते संविधान दिवसको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष भदौ २९ गते सिफारिस गरेको थियो ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को प्रावधान अनुसार पुर्णबहादुर भन्ने किशोर भण्डारीसहित आठ जनाको कैद सजाय माफ गरेको हो।
त्यस्तै हर्कबहादुर राई समेत ५ सय २३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरिएको कार्यालयले जनाएको छ।
२०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई सरकारले राष्ट्रिय उत्सवको रुपमा मनाउँदै आएको छ । यही अवसर पारेर कैदी बन्दीको कैद कट्टा र माफी दिन सक्ने कानुनी व्यवस्था छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page