स्वास्थ्य

आज १ हजार ३ सय १८ जना सङ्क्रमणमुक्त , १ हजार १ सय ५८ जना संक्रमित थपिए

काठमाडौँ । नेपालमा आज थप १ हजार १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ६ सय ७२ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा ९ सय ४ जना तथा २ हजार ३ सय ३१ वटा नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ५४ जना गरी जम्मा १ हजार १ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १ हजार ३ सय १८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ७ लाख ६३ हजार ७ सय ३४ जना निको भएको मन्त्रालयले जनाएको छ ।
आज कोरोना सङ्क्रमणबाट १२ जनाको मृत्यु भएको छ ।
देशभर १८ हजार ४ सय २२ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page