राजविराज । सप्तरीको छिन्नमस्ता अस्पताल प्रालिले छोटो समयमै एक हजार अर्थोपेडिक समस्याको सफल शल्यक्रिया गरेको छ ।
राजविराज स्थित रहेको छिन्नमस्ता अस्पतालमा आइतबार चिकित्सकहरुले आयोजना गरेको एक कार्यक्रममा सो कुराको जानकारी दिइएको शल्यक्रिया बिभागका इन्चार्ज शिव मण्डलले बताए ।
असोज १३ गते अस्पताल उदघाटनको १८ महिना पुगेको छ । यस अवधिमा अस्पतालले चार सय ८४ जना महिला र पाँच सय २६ जना पुरूष बिरामीको सफल अर्थो शल्यक्रिया गरेको छ । स्पाइन सर्जरी, हिपको सर्जरी, हात , खुट्टाका शल्यक्रिया रहेको अस्पतालले जनाएको छ ।
कार्यक्रममा वरिष्ठ अर्थोपेडिक विशेषज्ञ डाक्टर ज्ञानेन्द्र झा, बरिष्ठ अर्थोपेडीक हेन्ड सर्जरीविशेषज्ञ डाक्टर सरोज साह, एनेथेसिया विशेषज्ञ डाक्टर पारस मनि साह, शल्यक्रिया विभाग इन्चार्ज शिब मण्डल,कर्मचारी राम यादव,अशोक रजक लगायतको उपस्थिति रहेको थियो ।
सप्तरीको छिन्नमस्ता अस्पतालले ग¥यो एक हजार अर्थोपेडिक समस्याको सफल शल्यक्रिया












Add Comment