स्वास्थ्य

आज थप ८ सय ५ जनामा कोरोना संक्रमण पुष्टि , ८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप ८ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ७ हजार २ सय ६४ नमुनाको पिसिआर परीक्षण गर्दा ६ सय ६७ जना तथा ३ हजार ४ सय ८ नमुनाको ऐन्टीजेन परीक्षण गर्दा १ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप ९ सय ११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
यसैगरी आज थप ८ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर १५ हजार ९ सय ४२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page