स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि ,१२ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार १ सय ९५ नमुनाको पिसिआर तथा एन्टीजेन विधिबाट परिक्षण गर्दा ७ सय ८५ जनामा संक्रमण पुष्टि भएको हो ।
आज ८ सय ८८ कोरोना संक्रमित निको भएका छन् ।
सङ्क्रमणबाट आज थप १२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार २ सय ४३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page