स्वास्थ्य

आज ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि ,६ सय ६४ जना कोरोना संक्रमित निको भए

काठमाडौँ । नेपालमा आज थप ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय ५५ नमुनाको पिसिआर तथा ऐन्टिजेन परीक्षण गर्दा ५ सय ९१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै आज थप ६ सय ६४ जना कोरोना संक्रमित निको भएका छन् ।
कोरोना संक्रमण कारण आज २ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ३ सय ८२ पुगेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page