स्वास्थ्य

स्वास्थ्य क्षेत्रमा प्रदेश २ मै राम्रो काम गरेकोमा सप्तरीका तीन वटा पालिकालाई सम्मान

उत्तम आचार्य /
कञ्चनरुप (सप्तरी), कात्तिक १२ गते ।
प्रदेश नम्बर २ स्वास्थ्य निर्देशनालय जनकपुरले शुक्रवार जनकपुरमा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य क्षेत्रमा प्रदेश नम्बर २ मै राम्रो काम गरेकोमा सप्तरीका तीन वटा पालिकालाई सम्मान गरेको छ ।
प्रदेश नम्बर २ को ८ जिल्लामा १ सय ३६ पालिका छन् । ती पालिका मध्ये सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका प्रथम, कञ्चनरुप नगरपालिका दोस्रो र बोदे बर्साइन नगरपालिका तेस्रो भएको छ । त्यस्तै ८ जिल्लामा जिल्ला स्वास्थ्य कार्यालय सप्तरी प्रथम भएको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवले बताउनु भयो ।

प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्रि नवलकिशोर साहले प्रथम, दोस्रो हुने सप्तरीका पालिका प्रमुख, जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुखलाई सम्मान पत्रसहित गम्छा र माला लगाएर सम्मान गर्नुभएको थियो ।
स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले प्रदेश नम्बर २ मै स्वास्थ्य क्षेत्रमा उत्कृष्ट हुने सप्तरीका तीन वटै पालिकाका प्रमुख र जिल्ला स्वास्थ्य कार्यालयलाई बधाई दिँदै आगामि दिनमा समेत स्वास्थ्य क्षेत्रलाई अझ राम्रो बनाउन सुझाव दिनुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page