स्वास्थ्य

४ सय ७८ जना कोरोना संक्रमणमुक्त , २ सय ९५ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा आज थप २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार २ सय २५ नमूनाको पिसिआर परीक्षण गर्दा २ सय ६० जना तथा ३ हजार १८ नमूनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप ४ सय ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या ११ हजार ४ सय ७१ पुगेको छ ।
देशभर ७ हजार २ सय ७८ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page