स्वास्थ्य

देशभर थप ३ सय १६ जनामा संक्रमण पुष्टि , ३ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घन्टामा देशभर थप ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ७ सय २७ नमूनाको पिसिआर तथा एन्टीजेन परिक्षण गर्दा ३ सय १६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घन्टामा २ सय ५९ संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण थप ३ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय २९ पुगेको छ।
देशभर ६ हजार ९ सय ५४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page