स्वास्थ्य

देशभर आज ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि , ६ जनाको मृत्यु

सप्तरी, १६ मंसिर । देशभर आज थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ४ सय ३ नमूनाको पिसिआर तथा एन्टीजेन परिक्षण गर्दा ३ सय १५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घन्टामा २ सय १ संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण थप ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ३५ पुगेको छ।
देशभर ७ हजार ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page