स्वास्थ्य

आज २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि , ३४७ जना सङ्क्रमणमुक्त

काठमाडौँ । नेपालमा आज थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय ३६ वटा नमुनाको परीक्षण गर्दा २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज थप ३ सय ४७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाबाट निको भएको दर ९७.७ प्रतिशत छ ।
देशभर ६ हजार ९ सय २१ जना संक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page