स्वास्थ्य

नेपालमा आज २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि , ५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७ सय ९७ नमुनाको पिसिआर तथा ऐन्टीजेन परिक्षण गर्दा २ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप ३ सय ९२ कोरोना संक्रमित निको भएका छन् । मन्त्रालयको तथ्याङ्कमा हालसम्म ९७.८ प्रतिशत संक्रमित निको भइसकेको छ ।
संक्रमण कारण आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ४० पुगेको छ ।
देशभर ६ हजार ७ सय ४४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page