स्वास्थ्य

राजविराज जेसीजद्वारा एडभान्स योगा सिविर सञ्चालन

राजविराज , १८ मंसिर । सप्तरीको राजविराजमा राजविराज जेसीजले जेसीज सप्ताह २०२१ अन्तर्गत पाचौं दिन जेसिज भवनमा एडभान्स योगा शिबिर सञ्चालन गरेको छ ।
आयोजना गरिएको शिविरमा राजविराज जेसीज वर्ष २०२१ का अध्यक्ष सिद्धार्थ तातेड, कोषाध्यक्ष उज्ज्वल काबरा, कार्यकारी उपाध्यक्षद्वय मनिस दास र रन्जना चौधरी, उपाध्यक्षद्वय पंकज देव, रवि राय र खेलानन्द दास तथा थिम एडिटर सुनित मिश्रा को सहभागिता रहेको थियो भने प्रमुख अतिथिको रुपमा पतन्जली योग समिति प्रदेश २ का मन्त्री अमित कुमार साह र अतिथिहरु क्रमशः योग गुरु बद्रीराज भण्डारी, पतन्जली योग समिति सप्तरीका अध्यक्ष राम स्वरुप चौधरी लगायतको उपस्थिति रहेको थियो ।
जेसीज अध्यक्ष सिद्धार्थले यस्ता कार्यक्रमले स्वस्थ रहन मद्दत मिल्ने बताए । योग गुरु बद्री भण्डारीले योग अभ्यास गराएका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page