राजनीति

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको तालिका सार्वजनिक

काठमाडौ । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका स्वीकृत गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।
उम्मेदवारीको सूचीमा दाबी विरोधको उजुरी २१ गते, २२ र २३ गते उजुरीमाथि छानविन गर्ने कार्यतालिका छ ।
पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने, पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ । 
निर्वाचनमा भाग लिन चाहने दललाई भने पुस १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्ने समय दिइएको छ । तोकिएका मतदान केन्द्रहरूमा माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।  

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page