स्वास्थ्य

कञ्चनरुपमा ११ जनाको स्वाब परीक्षण गरिएकोमा ९ जनामा कोरोना संक्रमण

कञ्चनरुप , ६ माघ । सप्तरीको कञ्चनरुप नगरपालिकामा ११ जनाको एन्टिजेन विधिद्वारा कोरोनाको स्वाब परीक्षण गरिएकोमा ९ जनामा कोरोना संक्रमण देखिएको छ ।
कञ्चनरुप नगरपालिका–८ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ११ जनाको स्वाब परीक्षण गर्दा ९ जनाका कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखा कञ्चनरुपले जनाएको छ ।
संक्रमित हुनेमा कञ्चनरुप– १२ का ३४ वर्षीय पुरुष र ३० वर्षीया महिला, वडा नं.–७ का ७० वर्षीय पुरुष र ६५ वर्षीया महिला, वडा नं.–५ को ३६ वर्षीया महिला, वडा नं.–११ का २३ वर्षीया महिला र ३१ वर्षीय पुरुष, वडा नं.–८ का २४ वर्षीय पुरुष र झापा जिल्ला घर भएका ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page