स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप १२ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि ,४ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट २१ हजार ७ र एन्टिजेन विधिबाट ६ हजार ४९० जनामा परिक्षण गर्दा १२ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थप ६ सय ४९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
संक्रमणबाट थप ४ को मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६ सय ३२ रहेको छ ।
देशभर कोरोनाका ५७ हजार ३ सय २८ संक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page