समाज

सर्लाहीमा आगो ताप्ने क्रममा जलेर ७५ वर्षीया वृद्धाको मृत्यु

सर्लाही, ६ माघ । सर्लाहीमा चिसो छल्न आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोडैता नगरपालिका ११ बस्ने ७५ वर्षीया देवकली देवीको रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार साँझ आफ्नै घरमा आगो तापिरको बेला उनी जलेर गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा बुधबार राती साँढे ११ बजे जिल्ला अस्पताल मलंगवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page