स्वास्थ्य

देशभर आज ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

काठमाडौँ, १३ माघ । देशभर आज थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा २१ हजार ८ सय ८ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।
योसंगै कुल संक्रमितको संख्या ९ लाख ३९ हजार २ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज ५ हजार २ सय ९२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ३७ हजार ४ जना संक्रमणमुक्त भएका छन् ।
संक्रमणबाट आज थप १५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ८७ पुगेको मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page