समाज

रौतहटको गरुडामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

रौतहट । रौतहटको गरुडामा गए राति भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय गरुडाका अनुसार जिल्लाको गढीमाई नगरपालिका ८ का १९ वर्षीय महमद अलताफ आलम र २५ वर्षीय रवि साहको मृत्यु भएको हो ।
बुधवार राती १२ बजे गरुडाबाट समनपुर जाने सडकमा ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।
उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page