समाज

तनहुँको मादी नदीको पुलबाट हाम फाल्दा एक महिलाको मृत्यु

तनहुँ । मादी नदीको पुलबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ । तनहुँको दमौलीस्थित रहेको मादी पुलबाट शनिबार दिँउसो हाम फाल्दा एक जना महिलाको मृत्यु भएको हो ।
तनहुँको व्‍यास नगरपालिका ३ र व्‍यास नगरपालिका ४ जोड्ने मादी पुलबाट अपरिचित महिलाले हामफाल्दा मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार मृत्‍यु हुने महिलाको नाम ठेगाना खुल्‍न सकेको छैन ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page