स्वास्थ्य

थप २ सय ७५ जनामा कोरोना संक्रमण , ५ सय ५५ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा आज थप २ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय २८ नमुनाको परीक्षण गर्दा २ सय ७५ मा संक्रमण पुष्टि भएको हो ।
योसंगै कुल संक्रमितको संख्या ९ लाख ७६ हजार ६ सय ७० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज ५ सय ५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म ९ लाख ५५ हजार ४ सय ५८ जना संक्रमणमुक्त भएका छन् ।
आज कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३२ पुगेको छ ।
देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार २ सय ८० पुगेको मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page