राजनीति

अखिल नेपाल किसान महासंघ सप्तकोसीको प्रथम नगर अधिबेशन सम्पन्न, अध्यक्षमा गोबिन्द ब. खत्री चयन

शिव प्रसाद आचार्य /
फत्तेपुर, १९ फागुन ।
नेकपा (एमाले) को जनबर्गिय संगठन अखिल नेपाल किसान महासंघ सप्तकोसीको प्रथम नगर अधिबेशन बिहिबार फत्तेपुरमा सम्पन्न भएको छ ।
अधिबेशनले गोबिन्द बहादुर खत्रीको अध्यक्षतामा २५ सदस्यीय नगर कमिटी गठन गरेको छ। अधिबेशनले नगर उपाध्यक्ष महेन्द्र चौधरी ,शान्ता चौधरी र आशा चौधरी ,सचिबमा निरन्जन चौधरी ,सह सचिबमा बिश्वेस्वर प्रसाद साहलाई चयन गरेको छ।
त्यसैगरी सदस्यहरुमा गणेश दाहाल,शुसिला चौधरी ,मुर्ती देबि थरुनी,टेकनाथ श्रेष्ठ ,उमेश कुमार भट्टराई ,कमला कार्कि, मन्जु कार्की, दर्शन चौधरी ,यशोधा खतिवडा ,मन कुमारी गिरि,अछालाल चौधरी ,किसुन यादब,भबी यादब,कमल चौधरी ,दुर्गा खडका र कोशिलाल देबि यादब रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष तथा सुखिपुर नगरपालिकाका मेयर राम अबतार यादवले गठबन्धन सरकार सत्ता जोगाउनका लागि मात्र गठन भएको बताए । किसान मलबीउ नपाएर हाहाकार गरिरहेका छन् उता सरकार कसरी आफ्नो कुर्सी जोगाउने भन्ने खेलमा लिप्त रहेको बताए।
कार्यक्रममा बोल्दै नेकपा (एमाले) का केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज दिवाकर देबकोटाले एमाले मात्र किसान र मजदुरको ढुकढुकी रहेको भन्दै बर्तमान सरकारले सुकुम्बासी समस्या समाधान आयोग खारेज गरेर भुमिहिन सुकुम्बासी माथि ठूलो खेलवाड गरेको बताए । कार्यक्रममा बोल्दै एमालेका केन्द्रिय सदस्य तथा सप्तरी सह इन्चार्ज राजकुमार लेखीले नेपाल कृषि प्रधान मुलुक भएकाले सरकारको पहिलो प्राथमिकता कृषि हुनुपर्नेमा जोड दिए।

त्यसैगरी कार्यक्रमा बोल्दै बेलका नगरपालिकाका मेयर दुर्गा थापा स्वस्तीले किसानले पाउने अनुदान रकममा सरकारले झन्झटिलो प्रकिया लागाउदा अनुदान बाटै बन्चित हुनुपरेको बताए।
कार्यक्रममा नेकपा (एमाले) का मधेस प्रदेश सदस्य शैलेश झा, प्रदेश कमिटी सदस्य तथा सप्तकोसी नगरपालिकाका मेयर उत्तम गौतम, कन्चनरुप नगरपालिकाका मेयर वसन्त कुमार मिश्र , प्रदेश सदस्य मो कलिम, युवा नेता जाहुर हुसेन, नगर अध्यक्ष पारस दाहाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा अखिल नेपाल किसान महासङका माया गिरि र निरन्जन चौधरीले स्वागत मन्तब्य गरेका थिए भने कार्यक्रमको सन्चालन कालुराम बिष्टले गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page