समाज

कञ्चनरुपको रुपनगरमा विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु

कञ्चनरुप(सप्तरी), ९ चैत्र । सप्तरीको कञ्चनरुप नगरपालिका १२ रुपनगर (भट्टि टोल) मा विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ। स्थानीय ६० वर्षीया धनमाया श्रेष्ठको सर्पको टोकाइबाट मंगलबार राती मृत्यु भएको हो ।
मंगलबार दिउँसो खेतमा बाख्रा चराइरहेको बेला श्रेष्ठको खुट्टामा सर्पले टोकेको थियो। घटनालगत्तै श्रेष्ठलाई उपचारका लागि मंगलबार दिउँसै प्राथमिक स्वास्थ्य केन्द्र स्थित सर्पदंश उपचार केन्द्र कञ्चनपुरमा लगिएको थियो । सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना भई चिकित्सक र स्वास्थ्यकर्मीको टिमले एन्टि भेनम लगाई बिरामीको स्वास्थ्यमा सुधार भएर थप उपचारको लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरले जनाएको छ ।
धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्यकर्मी गणेश मण्डलले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page