समाज

सिटी, अटो रिक्सा चालकहरुलाई ट्राफिक नियम सम्बन्धी अन्तरक्रीया

डम्बर राई
कञ्चनरुप ।
सप्तरीको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले सवारी चालकहरुले सवारी चलाएको समयमा लापारवाहीजन्य क्रियाकलाप नगर्नुहुन आग्रह गर्नुभएको छ ।
कञ्चनरुप नगरपालिकाको सहयोग र ट्राफिक कार्यालय कञ्चनपुरको समन्वयमा बुधवार नगरपालिका सभाहलमा आयोजित सिटी, अटो, रिक्सा चालकहरुलाई ट्राफिक नियम पालना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागि चालकहरुलाई सुझाव सहित आग्रह नर्गुभएको हो ।
उहाँले भन्नुभयो, मादक पदार्थ सेवन तथा ध्यानलाई अन्य केन्द्रित गर्ने र तिब्रगतीमा सवारी चलाउँने गर्दा दुर्घटना हुने प्रवल सम्भावना हुन्छ यो लापारवाहीजन्य कार्य हो तेसैले यस्ता क्रियाकलाप चालकले गर्नुहुन्न । चालकको लापारवाही वा गल्तीले आफ्नो मात्र नभई सवार यात्रीहरुको समेत ज्यान जोखिममा हुने नगर प्रमुख मिश्रले बताउँनुभयो । सुरक्षित वातावरण अन्तर्गत स्वास्थ्य वीमा तथा जीवन वीमा चालकहरुका लागि उपयुक्त रहेको सुझाव दिदै चालकहरुलाई हुने समस्याप्रति आफुुले सक्दो सहयोग पुर्याउने वहाँले आश्वासन दिनुभयो ।
यसैगरी नगर उप प्रमुख निरु पोखरेलले पनि यात्राको समयमा चालकले यात्रुलाई कसरी सुरक्षित दिन सकिन्छ भन्ने किसिमको कुरालाई सधैं ध्यान पुर्याउँनुपर्नेमा जोड दिनुभयो । आफुले सुरक्षित रहने वातावरण अपनाउन सके अरुपनि सुरक्षित रहन सक्छन् भन्दै उप प्रमुख पोखरेलले नगरभित्रको चालकले नगरको निम्ती सहयोग पुर्याउनु पर्छ भन्नुभयो ।
नगर भित्रका चार दर्जन भन्दा बढी सहभागी चालक तथा सहचालकहरुलाई प्रहरी सहायक निरिक्षक टेक बहादुर बस्नेतले ट्राफिक नियम र चालकले ध्यान पुुर्याउनु पर्नेकुरा माथी प्रकाश पार्नुभएको थियो । संचारकर्मी डम्बर राईले दुर्घटना हुने कारणहरु र त्यसबाट बच्न अपनाउनुपर्ने उपायबारेमा प्रष्ट्याएका थिए । सो अवसरमा चालकहरुले सडक अतिक्रमण गरी ढुंगा, बालुवा, इटा, गीटी, काठ, बाँस लगायत विभिन्न प्रयोजनका समाग्रीहरु थुपारेर राख्ने, छाडा चौपाय, सडक वारपार गर्ने जस्ता अनियमिततालाई हटाउँनु पर्ने माँग राखेका छन् ।
साथै उनिहरुले रोड परमिड, जाँचपासले आफुहरुलाई अप्ठेरो भएको भन्दै आनावश्यक झमेलामा नपार्न आग्रह गरेकाछन् ।
नगरभित्र अनावश्यक र अनियमितता तरिकाले सिटी रिक्सा, अटो लगायतका सवारी साधन चलिरहेको हुँदा चालक तथा सह चालकलाई केहि ज्ञान गराउँन आवश्यक ठानेर यो कार्यक्रमको आयोजना गरिएको प्रशासन प्रमुख राजेश यादवले बताए ।
प्रमुख प्रशासकीय अधिकृत रेनुका साहको, अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page