समाज

धर्मी हल्फा महिला विकास क्लवद्वारा आगलागि पिडित परिवारलाई राहत वितरण

कञ्चनरुप, ९ चैत । धर्मी हल्फा महिला विकास क्लव सप्तरीले बिष्णुपुर गाउँपालिका ५ कट्टीका आगलागि पिडित परिवारलाई राहत वितरण गरेको छ ।
संस्थाका अध्यक्ष एवम् समाजसेवी सूर्य नारायण यादवले अग्निपीडित खुशी लाल खंग खत्वेको परिवारलाई राहत प्रदान गरेका हुन ।
यादवले राहत स्वरूप त्रिपाल ,झुल ,तन्ना ,धोती ,साडी, थाल, गिलास, कराही, डेक्ची र छोलनी लगायतका सामाग्रीहरू प्रदान गरे ।
इलाका प्रहरी कार्यालय बिष्णुपुरका प्रहरी नायव निरीक्षक सुनिल कुमार झा, किसुन देव यादव ,छोटकैन खंग, गोसाईं खंग लगायतका व्यक्तिहरुको उपस्थितिमा राहत वितरण गरिएको थियो ।
गत फागुन ७ गते खत्वेको घरमा आगलागि हुँदा अनुमानित ३ लाखभन्दा बढीको क्षति भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page