समाज

सप्तकोशी नदीमा हामफालेका ब्यक्तिको जिवितै उद्धार

सुनसरी, चैत्र १० गते । प्रहरीले सप्तकोशी नदीमा हामफालेका ब्यक्तिको जिवितै उद्धार गरेको छ । नदीमा हाम फालेका बिराटनगर महानगरपालिका ८ का ६८ वर्षीय बुनई यादवको जिवितै उद्धार गर्न प्रहरी सफल भएको छ ।
बुधवार राती सवा ८ बजेको समयमा एक जना ब्यक्ति नदीमा हामफालेको भन्ने जानकारी पाए लगत्तै तत्काल प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको प्रहरी टोलीले यादवको जिवितै उद्धार गरेको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page