समाचार

कञ्चनरुपमा दुई दिने नगर स्तरीय नृत्य तथा गायन प्रतियोगिता सम्पन्न

कञ्चनरुप, १२ चैत । सप्तरीको कञ्चनरुप नगरपालिकाले शनिवार दुई दिने नगर स्तरीय नृत्य तथा गायन प्रतियोगिता सम्पन्न गरेको छ ।
शुक्रबार नगर भित्रका सामुदायिक विद्यालयहरु बीच प्रतियोगिता गराइएको थियो भने शनिवार संस्थागत विद्यालयबीच प्रतियोगिता गराइएको थियो । प्रतियोगितामा २१ वटा सामुदायिक विद्यालय र ७ वटा संस्थागत विद्यालयहरु सहभागि भएका थिए ।
सामुदायिक विद्यालयको तर्फबाट नृत्यमा भुवन माध्यमिक विद्यालय ठेलिया प्रथम, सर्वोदय माध्यमिक विद्यालय कञ्चनपुर द्वतिय र लक्ष्मीनारायण माध्यमिक विद्यालय वैरवा तृतीय भएको थियो । त्यसैगरी आधारभूत विद्यालय तर्फ नृत्यमा सुन्दरी आधारभूत विद्यालय रघुनाथपुर प्रथम, राष्ट्रिय आधारभूत विद्यालय कविलासा द्वितिय र राष्ट्रिय आधारभूत विद्यालय बरमझिया तृतीय भएको थियो ।

गायन तर्फ सर्वोदय माध्यमिक विद्यालय कञ्चनपुर प्रथम, शंकर माध्यमिक विद्यालय बरमझिया सुब्बाटोल द्वितिय र भृकुटी माध्यमिक विद्यालय धरमपुर तृतिय भएको थियो ।
प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद रु ५ हजार र प्रमाणपत्र, द्वितिय हुने विद्यालयलाई नगद ३ हजार र प्रमाणपत्र, तृतीय हुने विद्यालयलाई नगद २ हजार र प्रमाणपत्र र बाँकी सहभागी विद्यालयलाई प्रोत्सान स्वरुप सान्त्वना नगद १ हजार र प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरिएको शिक्षा शाखाका संयोजक ललितनारायण यादवले बताउनु भयो ।

त्यस्तै संस्थागत विद्यालयको तर्फबाट नृत्यमा आरडी मेमोरियल स्कुल कञ्चनरुप ९ प्रथम, गीता ज्ञान कुन्ज इङ्गलिस एकेडेमि स्कुल द्वितिय, सुनाखरी इङ्गलिस बोर्डिङ्ग स्कुल कञ्चनरुप १२ र माउण्ट एभरेष्ट विद्यामन्दिर स्कुल कञ्चनपुर तृतीय, टिनाइस इङ्गलिस बोर्डिङ्ग स्कुल र पीस एन्जल बोर्डिङ्ग स्कुल कञ्चनपुर सान्त्वना भएका थिए ।
गायनतर्फ बालबोध सेकेण्डरी स्कुल कञ्चनपुर प्रथम, आरडी मेमोरियल स्कुल कञ्चनरुप ९ द्वितिय र सुनाखरी इङ्गलिस बोर्डिङ्ग स्कुल कञ्चनरुप १२ तृतीय भएको थियो ।
प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद रु ५ हजार र प्रमाणपत्र, द्वितिय हुने विद्यालयलाई नगद ३ हजार र प्रमाणपत्र, तृतीय हुने विद्यालयलाई नगद २ हजार र प्रमाणपत्र र सान्त्वना हुनेलाई नगद १ हजार र प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरिएको यादवले जानकारी गराउनुभयो ।

सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले कला संस्कृतिको विकासका लागि आफू लागिपरेको बताउँदै नगरभित्र रहेको बालबालिकाहरुमा लुकेर रहेको प्रतिभाहरुलाई उजागर गर्न नगरपालिकाले नृत्य तथा गायन प्रतियोगिताको आयोजना गरेको बताउनु भयो । यस प्रतियोगिताले विद्यार्थीहरुको मनोबल बढी आगामी दिनमा अझ राम्रेसँग कला प्रस्तुत गर्न प्रेरणा मिल्ने समेत उहाँले बताउनु भयो । नगरपालिकाले हरेक क्षेत्रमा नगरबासीले सोचे भन्दाबढी काम गरेको हुँदा गलत हल्लाको पछाडि नलाग्न सबैलाई आग्रह गर्नुभयो ।

नगर प्रवक्ता एवं वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार साह, प्रमुख प्रशासकिय अधिकृत रेणुका साह, सल्लाहकार खिलानाथ पोखरेल, शिक्षा शाखाका संयोजक ललित नारायण यादव, शाखा अधिकृत नवराज खडका लगायतका वक्ताहरुले यस्तो रचनात्मक प्रतियोगिताहरुले विद्यार्थीहरुको मनोभावमा बृद्धि भई आगामि क्षमता अभिवृद्धि गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
निर्णयक मण्डलमा उमाकान्त चौधरी, जय नारायण चौधरी र रेणु भट्टराई रहनुभएको थियो । कार्यक्रममा नगरबासीहरुको उत्साहका साथ सहभागिता रहेको थियो । प्रमुख प्रशासकिय अधिकृत रेणुका साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page