आइतबार, १६ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, १६ कात्तिक २०८३
समाचार

सप्तरीमा म्यादी प्रहरीका लागि ९ हजार ४ सय भन्दा बढीको आवेदन

सप्तरी । निर्वाचनलाई लक्षित गर्दै सरकारले म्यादी प्रहरी भर्ना अभियान शुरु गरेसंगै सप्तरीमा ९ हजार ४ सय २४ जनाको आवेदन परेको छ ।
जिल्लामा चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन खुल्ला गरिएकोमा १ हजार ४ सय १७ महिला र ८ हजार ७ पुरुष गरी कुल ९ हजार ४ सय २४ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सप्तरीमा ३ हजार १ सय ३९ जना म्यादी प्रहरीको माग छ । सरकारले म्यादी प्रहरीका लागि एक सातासम्म आवेदन दिन सकिने भन्दै देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत सार्वजनिक सूचना जारी गरेको थियो ।
यसपटक पनि म्यादी प्रहरी नेपाल प्रहरीको मातहतमा रही ४० दिन खटिनेछन् । छनौट समितिले आवेदकहरुबाट योग्य व्यक्ति छानेपछि एक साता तालिम दिइनेछ । त्यसपछि उनीहरुलाई काममा खटाइनेछ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page