समाज

सप्तरीमा टिप्परले बोलेरोलाई ठक्कर दिँदा एकको मृत्यु, पाँच घाइते

सप्तरी, १८ चैत । सप्तरीमा बिहीबार साँझ टिप्परले बोलेरोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बोलेरो चालक जिल्लाको बोदे बरसाइन नगरपालिका–५ का २६ वर्षीय शिवराज यादव रहेका छन । गम्भीर घाइते भएका यादवलाई उपचारको लागि अस्पताल लग्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका–५ रंजितपुरमा विहिवार साँझ ना ७ ख २६५८ नम्वरको टिप्परले पूर्वतर्फ जाँदै गरेको विद्युत कार्यालय बोदे बरसाईन सप्तरीको प्रदेश २–०१–००१ च ०३३४ नम्वरको बोलेरोलाई पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा बोदे बरसाईन नगरपालिका–१० का ३० वर्षीय शैलेश यादव, सोही ठाउँका ३० वर्षीय महेश चौधरी, वडा नम्वर ५ का २६ वर्षीय वृजेश कुमार यादव, ३० वर्षीय जय शंकर साह र सिरहाको लहान नगरपालिका–८ का ३५ वर्षीय अरुण कुमार सिंह घाइते भएका छन् ।
टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page