समाज

सप्तरीको सप्तकोशी नगरपालिकाबाट लागूऔषध सहित एक युवक पक्राउ

कञ्चनरुप (सप्तरी) । सप्तरीको सप्तकोशी नगरपालिकाबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन ।
पक्राउ पर्नेमा जिल्लाको सप्तकोशी नगरपालिका वडा नम्बर १ का २० वर्षीय सुजन नेपाल रहेका छन ।
बुधवार प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीको गस्ती टोलीले सप्तकोसी नगरपालिका–९ स्थित बस पार्कबाट नेपाललाई लागूऔषधसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
संकास्पद अबस्थामा हिडडुल गरिरहेका नेपालको शरिरको खानतलासी गर्दा निजले लगाएको निलो रङगको जिन्स पाईन्टको अगाडी पट्टिको गोजिबाट लागूऔषध निट्रोसन आर चार पत्तामा ८० चक्की (ट्याब्लेट) र काटिएको ४ टुक्रागरी जम्मा ८४ चक्कि (ट्याब्लेट) बरामद गरेको प्रहरीले जनाएको छ ।
निजलाई नियन्त्रणमा लिई बरामदी मुच्चुलका कागज समेत गरि थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page