राजनीति

एमाले सप्तरी निर्वाचन क्षेत्र नम्वर १ को क्षेत्रिय भेलामा सम्पन्न

डम्बर राई /
कञ्चनरुप (सप्तरी) ।
नेपाल कम्युनिष्ट पार्टी एमाले सप्तरी निर्वाचन क्षेत्र नम्वर १ को क्षेत्रियभेलामा पालिका पार्टी कमिटीको रिपोर्टिङ्ग तथा संगठनको वारेमा छलफल एवं प्रशिक्षण भएको छ ।
कञ्चनरुप वडा २ स्थित बरमझियाको कबडहलमा आइतवार आयोजित भेलामा सप्तकोशी, कञ्चनरुप, हनुमाननगर कंकालिनी नगरपालिका, तिरुहुत र अग्नीसाइर कृष्णासवरन गाउँपालिका पार्टी कमिटी अन्तर्गत सबै वडाहरुको संगठन विस्तार तथा टोल कमिटी र जनवर्गिय संगठनहरु गठनसंगै चुनावी चलपल लगायतमा रिपोर्टिङ्ग भएको जिल्ला सचिव देवनाथ यादवले जानकारी दिइएको छ ।

यादवको अनुसार, पार्टी जिम्मेवार तथा स्थानिय नेताहरुले संगठन विस्तार तथा सुदृढिकरणमा निर्वाह गर्नुपर्ने भूमिकावारे र निर्वाचनमा उम्मेदवारीको अवस्था एवं छनौट विधि लगायतमा पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेलले प्रशिक्षण दिइएको थियो ।
क्षेत्रिय संयोजक शोभितलाल यादवको अध्यक्षतामा आयोजित भेलामा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज दिवाकर देवकोटाले पार्टीको गतिविधि वारेमा जानकारी दिइएको थियो भने सचिव यादवले अपानी पढेर सुनाउनुभएको थियो । प्रदेश, जिल्ला कमिटीका सदस्यहरु नगर कमिटकिा पदाधिकारी, वडाका अध्यक्ष र जनप्रतिनिधीहरुको सहभागिता रहेको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page