फत्तेपुर । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा जारी मदन भण्डारी स्मृति फुटबल प्रतियोगिताको सोमबार भएको अन्तिम क्वाटर फाइनल खेलमा आयोजक सप्तरीले एपिएफ फुटबल क्ल्ब महोत्तरीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
सहिद स्मृति खेलमैदान फत्तेपुरमा सम्पन्न अन्तिम क्वाटर फाइनल खेलमा आयोजक सप्तरीले एपिएफ फुटबल क्ल्ब महोत्तरीलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

सप्तरीका जर्सि नं. ११ का निसान लिम्बुले एक गोल गरे भने दोस्रो गोल आयोजकको तर्फबाट ३४ औं मिनेटमा जर्सि नं. १३ का बिदेशी खेलाडी यानिकले थप एक गोल गरि टिमलाई विजयी गराए । जितसँगै सप्तरी सेमिफाइनलमा प्रवेश गरेको छ ।
भोलि प्रथम सेमिफाइनल खेल सहलेस फुटबल क्लब सिरहा र बागमती फुटबल क्लब बागमती बिच हुने जिल्ला फुटबल संघ सप्तरीका महासचिव अमर खबासले जानकारी दिए ।
प्रतियोगिताको विजेताले २ लाख नगद, ट्रफी र उपविजेताले १ लाख नगद र ट्रफी प्रदान गर्ने आयोजकले जनाएको छ ।


Add Comment