खेलकुद

सहलेस फुटबल क्लब सिरहा मदन भण्डारी स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

फत्तेपुर, २९ चैत । सप्तरीको सप्तकोसी नगरपालिकामा जारि मदन भण्डारी स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको मंगलबार भएको पहिलो सेमि फाइनल खेलमा सहलेस फुटबल क्लब सिरहाले बागमती फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
फत्तेपुरस्थित सहिद रंगशालामा भएको पहिलो सेमि फाइनल खेलमा सहलेस फुटबल क्लब सिरहाले बागमती फुटबल क्लबलाई ३-० अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
सिरहाको तर्फबाट जर्सि नं. १० का माटिनले खेल शुरु भएको १२ औं मिनेटमा पहिलो गोल गरे भने सिराहकै जर्सि नं. १२ का प्रदीप लामाले २३ औं मिनेट र ३३ औं मिनेटमा २ गोल गरि सिरहा टिमलाई विजयी गराए ।
खेलमा दुई गोल गरी उत्कृष्ट प्रर्दशन गरेका सिरहा टिमका प्रदीप लामा म्यान अफ दि म्याच घोषित भए।
भोलिको दोस्रो सेमिफाइनल खेल आयोजक सप्तरी र गाइघाट फुटबल क्लब उदयपुर बिच हुने जिल्ला फुटबल संघ सप्तरीका महासचिव अमर खबासले जानकारी दिए।
प्रतियोगितामा प्रदेश नम्बर १ र मधेस प्रदेशका ८ वटा टिमको सहभागिता रहेको छ।
फाइनल खेल वैशाख २ गते हुने तय भएको छ । प्रतियोगिताको विजेतालाई २ लाख नगद, ट्रफी र उपविजेतालाई १ लाख नगद र ट्रफी प्रदान गर्ने आयोजकले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page