खेलकुद

प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधी कञ्चनरुप- ५ ले जित्यो

कञ्चनरुप, २७ चैत । सप्तरीको कञ्चनरुप नगरपालिकाद्वारा आयोजित प्रथम मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेलको उपाधी वडा नम्बर ५ ले हात पार्न सफल भएको छ।
आइतबार बरमझियाको खेल मैदानमा भएको फाइनल खेल कञ्चनरुप नगरपालिकाको वडा नम्बर ५ र ८ बीच भएको थियो । खेल शुरु भएको १२ औं मिनेटमा वडा नम्बर ५ का जर्सी नम्बर ८ का मनोज तामाङले १ गोल गरेका थिए ।
सो गोल नै निर्णयक हुन पुग्यो र वडा नम्बर ५ ले उपाधी चुम्न सफल भयो भयो भने वडा नम्बर ८ उप बिजेता भयो । वडा नम्बर ५ का जर्सी नम्बर ८ का मनोज तामाङले म्यान अफ दि सिरिज प्राप्त गर्न भए ।

बिजेतालाइ मेडल , कप , प्रमाणपत्र , नगद ५० हजार र उप बिजेतालाई मेडल , कप , प्रमाणपत्र , ३० हजार प्रदान गरि पुरस्कृत गरिएको थियो । म्यान अफ द सिरिज र म्यान अफ द म्याच हुने खेलाडीहरुलाइ समेत पुरस्कृत गरिएको थियो ।
खेल शुरु भएदेखि अन्तिम सम्म प्रत्यक्ष रुपमा सहभागी भई समाचार सम्प्रेषण गरे बापत रेडियो नेपालका सप्तरी सम्बाददाता उत्सव आचार्य र नगरपालिकाका प्रेस सल्लाहकार उत्तम आचार्यलाई प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो । त्यसैगरी निर्णायक र रेफरिलाई समेत सम्मान गरिएको थियो ।

सो कार्यक्रम बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले नगर भित्र असल खेलाडी निर्माण गर्ने उदेश्यकासाथ प्रतियोगिताको आयोजना गरिएको कुराको जानकारी गराउनु भयो । उहाँले प्रतियोगितामा खेलाडीहरुको खेल हेर्दा नगर भित्र राम्रा खेलाडीहरु रहेको देख्न पाउँदा खुशी भइ प्रतियोगितामा सहभागी भएका ६५ जना उत्कृष्ट खेलाडीहरुलाई राम्रो प्रशिक्षक ल्याएर ३ महिना सम्म प्रशिक्षण दिई नगरमा फुटबलको राम्रो टिम निर्माण गर्ने समेत बताउनु भयो ।

उप प्रमुख निरु पोखरेलले प्रतियोगितामा सहभागी भएका खेलाडीहरुले अनुशासित भई उत्कृष्ट खेल खेली नगरलाई नमुना बनाउने अभियानमा लाग्न शुभकामना समेत दिनु भयो । उहाँले खेलकुदले खेलाडीहरुको शारीरिक , मानसिक वृद्धि भई स्वस्थ नागरिक निर्माण गर्न टेवा पुग्ने बताउनु भयो ।
खेलकुद बिकास समिति सप्तरीका प्रमुख दिनेश भुजेल, वडा नम्बर ३ का वडा अध्यक्ष सत्यनारायण साह ,शिक्षा शाखाका संयोजक ललित नारायण यादव लगायतका बक्ताहरुले बिजेता र उप बिजेता भएका खेलाडीहरुलाई बधाई दिँदै असल खेलाडी बन्न शुभकामना दिनुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page