राष्ट्रिय

मिटर ब्याजसम्बन्धी गतिविधिहरू भएको पाए सिडियो कार्यालयमा जानकारी गराउन आग्रह

काठमाडौं । मिटर ब्याजसम्बन्धी गतिविधिहरू भएको सूचना पाएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा जानकारी गराउन गृह मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति निकालेर यस्तो अनुरोध गरेको हो ।
पछिल्लो समयमा विभिन्न पत्रपत्रिका, सञ्चारमाध्यम, सामाजिक सञ्जालमा प्रकाशित मिटर ब्याजसम्बन्धी समाचारहरूप्रति ध्यानाकर्षण भएको भन्दै जानकारी गराउन मन्त्रालयले आग्रह गरेको छ ।

पछिल्लो समयमा विभिन्न पत्रपत्रिका, सञ्चार माध्यम, सामाजिक सञ्जालहरुमा मिटर ब्याजमा रकम उपलब्ध गराउने, सो बापत घर जग्गा लिखत पास गरी लिने दिने, यस बापत कानून विपरित ठूलो रकम ब्याज स्वरुप असूल गर्ने, सम्पति कब्जा गर्ने, यौन शोषण गर्ने एवं शारीरिक र मानसिक रुपमा
यातना दिने लगायत प्रकाशित समाचारहरुप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ ।
त्यस्ता कार्य प्रचलित कानून अनुसार दण्डनीय भएकोले त्यस किसिमका कानून विपरीतका क्रियाकलाप कोही कसैले नगर्नु नगराउनु हुन र यस्ता गतिविधिहरू भएको कुनै सूचना प्राप्त भएमा तत्काल नजिकको जिल्ला प्रशासन कार्यालय वा प्रहरी इकाईमा जानकारी गराउनुहुन सर्वसाधारणमा मन्त्रालयले अनुरोध गरेको छ ।
साथै, मन्त्रालयले त्यस्ता गैरकानूनी कार्य गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही गर्न सुरक्षा निकायहरुलाई निर्देशन भइसकेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page