राष्ट्रिय समाचार

आइतबार बिदा दिने निर्णय खारेज , निर्णय एक महिना पनि टिक्न सकेन

काठमाडौँ । आइतबार दिँदै आएको साप्ताहिक विदा सरकारले खारेज गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।
सुरुमा तीन महिनाका लागि परीक्षणका रुपमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भए पनि सरकारी निर्णय एक महिना पनि टिक्न सकेन ।
बिदा खारेज भएसँगै कार्यालय समय पनि साविककै बिहान १० देखि साँझ ५ बजेसम्म कायम हुने छ ।
पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले गत जेठ १ गतेदेखि सप्तामा आइतबार पनि विदा दिने सरकारले निर्णय गरेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page