धर्म संस्कृति राष्ट्रिय

२६ गते आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं, २२ असार । आइतबार अर्थात २६ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै आइतबार सार्वजनिक बिदा दिएको जनाएको छ। गृहले बकर ईदको उपलक्ष्यमा बिदा दिने निर्णय गरेको हो।
मन्त्रालयले मुस्लिम आयोगले अनुरोध गरेपछि देशभर सार्वजनिक बिदा दिएको जानकारी दिएको छ।
सूचनामा भनिएको छ नेपाल राजपत्रमा मिति २०७८-११-२६ मा प्रकाशित सूचनामा इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) का दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको र उक्त पर्व वि.सं. २०७९ असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकोले मिति २०७९ असार २६ गते देशभर सार्वजनिक बिदा कायम गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page