कृषि

उत्पादन बढाउन कृषिमा आधुनिकिकरणका साथै सरकारले लगानी बढाउन आवश्यक : साँसद यादव

बृजमान तामाङ /
बिरेन्द्र बजार, १५ असार ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका ४ स्थित बेल्हामा बुधबार १९ औं राष्ट्रिय धान दिवस भब्यताकोसाथ मनाईएको छ ।
अग्निसाईर कृष्णासवरन गाउँपालिका र कृषि ज्ञानकेन्द्र सप्तरीको सहयोग तथा अमसोत सामुदायिक कृषि सहकारी संस्था लिमिटेड अग्निसाईर कृष्णासवरन गाउँपालिका ४ बेल्हाको आयोजनामा विभिन्न कार्यक्रम गरि धान दिवस मनाएको हो ।
धान बालिमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग भन्ने मुल नाराकोसाथ आयोजित कार्यक्रममा बोल्दै सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सूर्य नारायण यादवले निर्यातमुखी अर्थतन्त्रलाई अन्त्य गर्दै आत्मनिर्भर बन्नका लागि कृषिजन्य उत्पादनमा लगानी गर्नुपर्नेमा जोड दिए ।

धान रोपेर १९ औं राष्ट्रिय धान दिवस मनाइयो (KRN)

कृषिजन्य उत्पादनलाई प्रोत्साहन गर्न कृषिमा आधुनिकिकरण गर्नु आबश्यक छ, साँसद डा. यादवले भने, कृषि क्षेत्रमा यान्त्रिकिकरण गरेर उत्पादन बढाउन कृषिमा प्रथामिकताको साथ लगानी गर्नुपर्छ । खेतीको समयमा किसानलाई खाद्यमलको समस्या हुनेगरेको प्रति चिन्ता व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि साँसद डा. यादवले किसानलाई सहज रुपमा मल उपलब्ध गराउन सरकारसंग आग्रह गरे ।
अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले गाउँपालिकाको अधिकाँश बजेट कृषि क्षेत्रमा लगानी गरिएको बताए । खेतीको समयमा भएको खाध अभावलाई पुर्ती गर्न प्रयास जारी राखेको बताउदै उनले किसानलाई आबश्यक मल उपलब्ध गर्नुका लागि सरोकारवाला निकायले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले किसानलाई मलखादको समस्या आउन नदिन तिनै तहको सरकार गम्भीर हुनुपर्ने बताए । सरकारले चाहेरपनी किसानलाई प्रयाप्त मल ब्यबस्था गर्न नसकेको बताउदै प्रजिअ गौतमले मल अभावलाई न्यूनीकरण गर्न कम्पोस्ट मलको उपयोग गर्दै स्वदेशमै मल कारखाना संचालन गर्नुपर्ने आबश्यकता औलाए । उनले सुरक्षा निकायहरुसंग समवन्य गरि भारतीय बजारबाट किसानहरुलाई मल ल्याउन सहज बनाएको बताए । प्रजिअ गौतमले युवा स्वरोजगारका लागि प्रदन गरिएको ऋण उपयोग गरेको भन्दै संस्था संचालकहरुको प्रशंसा गरे ।

कृषि ज्ञानकेन्द्र सप्तरीका प्रमुख राजेन्द्रप्रसाद यादवले परम्परागत निर्वाहमुखी खेती प्रणालीबाट फाईदा नदेखिएकोले कृषीमा आकर्षण घट्दै गएको बताए । उनले किसानलाई घाट हुने पराम्परागत निर्वाहमुखी खेती प्रणालीलाई निरुत्साहित गर्दै व्यावसायिकमुखी खेती गर्नुपर्नेमा जोड दिए ।
अमसोत सामुदायिक कृषि सहकारी संस्था लिमिटेड बेल्हाका अध्यक्ष सुमित्रा चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा अग्निसाईर कृष्णासवरन गाउँपालिकाका उपाध्यक्ष कल्पना कुमारी चौधरी, राष्ट्रिय कृषक समूह महासंघ सप्तरीका अध्यक्ष सुखीलाल यादव, स्थानीय चन्देश्वर यादव लगायतकाले शुभकामना मततब्य व्यक्त गरे । संस्थाका पुर्व सचिब कपिलदेव मण्डलद्वारा संचालित कार्यक्रममा स्वागत व्यबस्थापक रामी यादवले गरे ।

धान रोपेर १९ औं राष्ट्रिय धान दिवस मनाइयो (KRN)

कार्यक्रममा साँसद डा. यादवले ५० प्रतिशत अनुदानमा प्राप्त ट्याक्टर १ थान र ६ थान बोडिङ्ग संस्थालाई हस्तान्तरण गरे । सोही अबसरमा साँसद डा. यादव, गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी, प्रजिअ जनार्दन गौतम, गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी चौधरी लगायत कार्यक्रम सहभागी अतिथिहरुले धान रोपेर १९ औं राष्ट्रिय धान दिवस मनाएका छन् ।

धान रोपेर १९ औं राष्ट्रिय धान दिवस मनाइयो (KRN)
   

Add Comment

Click here to post a comment

You cannot copy content of this page