कञ्चनरुप, १८ असार । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का संगठित सदस्य स्वर्गिय बिष्णु प्रसाद पौडेलको निधन भएको नवौं दिनको पूण्य तिथीमा नेकपा एमाले कञ्चनरुप वडा नम्बर ७ वडा कमिटिले सोक सभा आयोजना गरेको छ ।
स्व. पौडेलको कञ्चनरुप ७ स्थित आदर्श टोलमा रहेको निवासमै गई शोक सभा सम्पन्न गरेको हो ।
सो सभालाई सम्बोधन गर्दै नेकपा एमालेका प्रदेश कमिटीसदस्य एवं कञ्चनरुप नगरपालिकाका पूर्व नगर प्रमुख बसन्त कुमार मिश्रले पार्टीका इमान्दार कर्मठ कार्यकर्ताको निधनले पार्टीलाई अपुरर्णिय क्षति भएको बताउनु भयो ।
प्रदेश कमिटी सदस्यहरु मो. कलिम, आसरनदेवी चोधरी, कल्पना चौधरी, नगर कमिटी अध्यक्ष एवं वडा नम्बर ६ का वडा अध्यक्ष बच्चुलाल चौधरी लगायतका वक्ताहरुले पार्टीका इमान्दार, कर्मठ कार्यकर्ताको निधनले पार्टीलाई ठुलो क्षति भएको बताउनु भयो ।
स्व. पौडेलका भाइ मेघराज पौडेलले स्व. दाजु बिष्णु पौडेल २००२ साल मंसिर १५ गते खोटाङ्गमा जन्मनु भई हाल कञ्चनरुप ७ आदर्श टोलमा बसोबास गर्दै सामाजिक, धार्मिक र पार्टी प्रति इमान्दार भई काम गर्दै जादा २०६० सालमा पार्टीको संगठित सदस्य लिई काम गर्दै समाजलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने सोच धनी उहाँको २०७९ साल असार १० गते बिहान निधन भएको जानकारी गराउनु भयो ।
सोही अवसरमा वडा नम्बर ७ का वडा कमिटी अध्यक्ष तनुकलाल शर्माले समवेदना पत्र स्व. पौडेलका भाइ मेघराजलाई हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा पार्टीका नेताकार्यकर्ताहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । वडा कमिटीका सचिव राजन कोइरालाद्वारा संचालित कार्यक्रमको अध्यक्षता वडा कमिटी अध्यक्ष तनुकलाल शर्माले गर्नुभएको थियो ।
Add Comment