समाज

उदयपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

उदयपुर, असार १८ गते । उदयपुरको त्रियुगा नगरपालिका माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रियुगा नगरपालिका ३ ,मोतिगडाका २६ वर्षीय अजय मल्लिक रहेका छन ।
शुक्रबार बेलुका अजय र उनकी श्रीमती पुनिता मल्लिकले उनकै बहिनि शोभा मल्लिकको घरबाट करेन्ट सहितको तार टागि सोही स्थानमा रहेको गुहे खोलामा घरबाट बिजुलीको तार लगी करेन्ट लगाई माछा मार्ने क्रममा आफैंलाई करेन्ट लागी बेहोस भएका अजयको उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो । सोही अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको हो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page