बिराटनगर, श्रावण १८ गते । मोरङ प्रहरीले बिराटनगरबाट लागुऔषध ६१ किलो गाँजा बरामद गरेको छ ।
प्रहरीले बुधबार दिउँसो सिटी सफारीमा लोड गरि लैजादै गरेको अवस्थामा बिराटनगर महानगरपालिका १४ स्थित भित्री सडक खण्डबाट लागुऔषध गाँजा बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीलाई देख्न साथ को २ ह ४६१० नम्बरको सिटी र बोरामा लोड गरेको ६१ किलोग्राम गाँजा छोडी सिटी चालक फरार भएका छन् ।
फरार रहेका सिटी चालकको खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । गाँजा र सफारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । नेपालबाट गाँजा भारततर्फ लैजान लागिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
Add Comment