समाज

उदयपुरको बेलकामा सप्तकोसी नदीले बाँध भत्काएर बाढी बस्तिमा पस्दा सयौं घर डुबानमा

फत्तेपुर, १८ साउन । उदयपुर जिल्लाको बेलका नगरपालिका ८ मा सप्तकोसी नदीमा आएको बाढीले अस्थायी बाँध फुटाएर कोशि बस्तीमा पसेको छ।
कोशि कटान गरि बस्तीमा पस्दा बेलकाका सयौँ घर डुबानमा परेका छन्।
बिगत केहि दिनको अबिरल बर्षाका कारण बुधबार बिहान सप्तकोशीले अस्थायी बाँध भत्काएर कोशि बस्तिमा प्रबेश गरेको छ। कोशि बस्तिमा पसेपछि बेलका नगरपालिका वडा नम्बर २ र ३ का सैयौँ घर जोखिममा परेका छन् । केही घर कोशीले डुबाएको छ । नगरपालिकाले प्रभावित क्षेत्रका बासिन्दालाई मङलबार देखि नै सुरक्षित स्थानमा बस्न अनुरोध गरेको थियो भने कोशि फुटे संगै स्थानीयहरुलाई सुरक्षित स्थानमा सार्न थालेको छ।

कोशि बस्तिमा पस्न थाले पछि बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले प्रभावित बस्तीबाट स्थानीयबासीलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जानकारी दिए । कोशि डुम्रीबोटेहुँदै छिर्ने बाढीले सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, श्रीलंका टापु र रामनगरका स्थानीय प्रभावित भएका छन्।
कोशीको मूल भँगालो बस्तीतिर जान थालेपछि उदयपुरको बेलका , सुनसरी र सप्तरीको सप्तकोसी, कञ्चनरुपको केही बस्तीसमेत डुबानमा पर्नेछन् । कोशि बस्तिमा पसेकाले उद्धार र रोकथाममा सम्पुर्ण शक्ति प्रयोग भइरहेको नगर उप प्रमुख जिरा राईले जानकारी दिइन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page